राज्य संयन्त्र बलियो हुनै नदिने षड्यन्त्र

अल्पविकसित मुलुकहरूको साझा समस्या कै रूपमा रहेको विषय हो विकास, समृद्धि र सुशासन । यी सबै विषयहरूलाई प्रभावकारी बनाउनका लागि राज्य सञ्चालन गर्नेहरूले निर्माण गरेको नीति कडाइका साथलागू गर्नुपर्ने हुन्छ । जसरी नीतिहरू निर्माण गरिएका हुन्छन् तीनीतिहरूलाई कार्य योजनामा ढालेर सोही अनुसारको प्रगतिका कामहरू सुरु भएको खण्डमा अल्पविकसित मुलुकहरू छिटो भन्दा छिटो विकसित मुलुकको दाँजोमा अगाडि बढ्न सक्ने देखिन्छ ।

नेपालमा पनि स्थायित्वको विषयनिकै धेरै चर्चामा आइरहने विषयहो । २०६२–०६३ को जनआन्दोलन पछि प्राप्त भएको लोकतान्त्रिक व्यवस्था भित्रका विभिन्न विषयहरूलाई केलाउँदै जाने हो भने पनि राजनीतिक स्थायित्वको विषय प्रमुख रूपमा आएको अवस्था छ । सुरुमा माओवादी केन्द्रले जसरी जित हासिल गरेको अवस्था थियो त्यसपछिको निर्वाचनमा माओवादीमा विभिन्न फुटहरू देखा परे जसले सरकार लामो समयसम्म चल्न सकेन । त्यसपछिका निर्वाचनहरूको पनि समीक्षा गर्ने हो भने पनि स्पष्ट रूपमा बहुमत आउन सकेको अवस्था देखिएन ।

२०७२ सालको संविधानमा तीनतहका सरकारको परिकल्पना गरियो केही कम्युनिस्टदलहरू मिलेर चुनावमा गए, पार्टी एकीकरणनै भएको विषय बाहिर आयो जब सत्तामा पुगे कम्युनिष्ट पार्टीहरूबीचपनि बेमेल उत्पन्न भयो, फुट भयो र पुनः सत्ता प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने अवस्था भएन ।

बनेका सरकारहरूले एक वर्षभित्रै ठुलो परिवर्तन ल्याउन सक्ने स्रोत साधनहरु अल्पविकसित मुलुकहरूमा हुँदैन । एक वर्ष भित्रै के कामगर्ने भनेर तयार गरिएका योजनाहरू अर्को सरकार आउँदा लापत्ता हुने अवस्था नेपालमा हिजोदेखि अहिलेसम्म चलिरहेको छ । राम्रो कामको सुरुवातजुन सरकारले गरेको भए पनि त्यसलाई मूर्त रूप दिने विषयहरू नेपालको राजनीतिमानिकै कम मात्रामा देखिन्छ । न्यूनतम १२ देखि १८ महिनासम्म मात्र सरकार चलाउनुपर्ने बाध्यता एका तिर हुन्छ भने फरक–फरक दलहरूको फरक–फरक मूल्य, मान्यता र सिद्धान्त हुने गरेकाकारण कुनै पनि सरकारले प्रभावकारी कामगर्न खोज्दा पनि काम गर्न नसक्ने अवस्था आउनु भनेको मुलुकको आर्थिक अवस्था सुधार, दिगो विकास, सुशासन लगायतका विषयहरूमा सधैँ समस्या उत्पन्न हुनु हो ।

निर्वाचन अघि नै विभिन्न दलहरू मिलेर गरिएको निर्वाचन हो स्वा अन्य निर्वाचनहरू नै किननहुन् ठुलो दल भएर सत्तामा पुग्ने बित्तिकै दल विभाजन हुने रोग नेपालका सबै दलहरूमा देखिएका कारण स्थायी रूपमा सरकार निर्माण हुन नसक्ने अवस्थाले नेपालको मुहार परिवर्तन गर्न सकिने कतिपयविकास गतिविधिहरूमा समस्याउत्पन्नभएको देखिन्छ ।

नेपालको समग्र हितका लागि स्पष्ट रूपमा एउटा दलले बहुमत ल्याउन नसक्ने अवस्था भित्र कुन–कुन शक्तिको अदृश्यहात रहेको छ भनेर नेपालका राजनीतिकदलहरूले केही बुझेको भएपनि त्यसबाट मुक्तहुन सक्ने अवस्था छैन । छिमेकी ठुला देशहरूको बीचमा रहेको नेपालले यसका लागि न्यूनतम पाँच वर्षसम्म शासन सत्ता सञ्चालनहुने गरी प्रणालीमा सुधार गरेर दुई देशको सम्बन्धलाई प्रभावकारी रूपमाविकास गर्दै स्थायी प्रकृतिको सत्ता सञ्चालन गर्ने प्रणाली अवलम्बन गर्न सके नेपालले अहिलेको भन्दा निकै धेरैविकास, समृद्धि र सुशासन हासिल गर्न सक्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार